काठमाडौं, १९ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गंगबुस्थित नयाँ बसपार्कमा सञ्चालनमा ल्याइएको निःशुल्क इन्टरनेट (फ्रि–वाईफाई) सेवाको स्थलगत निरीक्षण गरेका छन् ।
बुधबार बिहान बसपार्क पुगेका मन्त्री खरेलले यात्रुहरूका लागि उपलब्ध गराइएको वाईफाई सेवा कसरी सञ्चालन भइरहेको छ भन्नेबारे जानकारी लिएका हुन् ।
लमन्त्री बनेको केही सातापछि—गत ६ असोजमा—खरेलले आफ्नो पहिलो औपचारिक निर्णयका रूपमा ५ महिनाभित्र देशका प्रमुख १० शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेका थियो ।
उक्त निर्णय अनुसार काठमाडौं बाहेक देशभरका मुख्य शहरका चोक, पार्क, बसपार्क, र अन्य सार्वजनिक स्थानमा वाईफाई सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ ।
मन्त्री खरेलको सचिवालयका अनुसार, हाल देशका विभिन्न शहरमा सार्वजनिक इन्टरनेट सेवा सुरु गर्ने प्राविधिक तथा प्रशासनिक प्रक्रिया अगाडि बढाइरहेको छ ।














