जनकपुर, १६ कार्तिक । धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ बिरेन्द्र बजारमा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु र दुई बालबालिका गम्भीर घाइते भएका छन् ।
शनिबार साँझ पूर्वपश्चिम राजमार्गमा सु.प्र ०१–००१ ख ३२८८ नम्बरको बस र प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटो रिक्सा ठोक्किँदा दुर्घटना भएको हो ।
मृतकहरूमा रिक्साचालक डम्बर राई (४०), धनबहादुर पुर्वछाने मगर (४०), सम्भु पुर्वछाने मगर (३५) र निशा मगर (३५) रहेका छन् । घाइते १४ वर्षीय सितल मगर र ९ वर्षीय रोशन मगर जनकपुरस्थित न्युरो अस्पतालमा उपचाररत छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














