काठमाडौं, ७ कार्तिक । रुकुम पश्चिममा शुक्रबार जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
रा १ ज ४२२ नम्बरको बोलेरो जिप दुर्घटनामा पर्दा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सीमाको झारमारेमा दुर्घटना हुँदा ९ जना गम्भीर घाइते भएको बताइएको छ ।
उद्धार कार्य जारी रहेकोले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरिप्रसाद पुनले जानएको छ । जिप सदरमुकाम खलङ्गाबाट स्यालाखदीतर्फ गइरहेको बेला दुर्घटनामा परेको थियो ।
जिपका चालक टोपजंग बुढा पनि गम्भीर घाइते भएका छन् । दुर्घटनापछि उद्धार जारी रहेकाले विस्तृत विवरण आउन बाँकी छ ।














