काठमाडौं, २४ असोज । धादिङको पृथ्वी लोकमार्ग अन्तर्गत गल्छी गाउँपालिका–७ भल्टारमा टिपर र बस ठोक्किएर दुर्घटना भएको छ ।
आज बिहानि करिब ९ बजेको समयमा नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लुप्र ०१–००१ख०७६६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना८ख २५९१ नम्बरको टिपर ठक्कर खाएका हुन् ।
दुर्घटनामा बसमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले जानकारी दिए । घाइतेहरुको उद्धार गरी नजिकैको स्मारिका फार्मेसी अस्पतालमा उपचारका लागि पु¥याइएको डीएसपी दाहालले बताए ।
उनीहरु मध्यमदेखि सामान्य घाइते छन् । सख्त घाइते कोही नभएको डीएसपी दाहालले बताए । दुर्घटनामा परेको बसको अगाडिको भागमा क्षति भएको छ ।
बस र टिपर दुवैलाई हटाएर सडक सञ्चालन गरिएको डीएसपी दाहालले बताए ।














