काठमाडौं, १९ असोज । शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण देशभर बाढी र पहिरोबाट ४९ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार दिउँसो साढे १ बजेसम्मको तथ्यांकमा ४९ जनाको मृत्यु पुष्टि भएको हो ।
सबैभन्दा बढी मानवीय क्षति कोशी प्रदेशमा भएको छ । इलाम जिल्लामा मात्र ३७ जनाको मृत्यु भएका छन् । त्यसैगरी उदयपुरमा २, पाँचथरमा ६ र खोटाङमा १ जनाको मृत्यु भएको छ ।
मधेस प्रदेशको रौतहटमा पनि ३ जनाको बाढीमा परेर मृत्यु भएको प्रहरीले बतााएको छ । त्यसैगरी इलाममा १, बारामा १, रसुवामा ४ र काठमाडौंमा १ जना बेपत्ता रहेको समेत प्रहरीको विवरणमा उल्लेख छ ।















