जनकपुर, ६ असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा–१९ दारिमटारमा ३ वटा सवारी साधन आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन् ।
तेल बोकेको ट्याङ्कर, मालबाहक ट्रक र यात्रुवाहक बस एक–आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
दुर्घटनास्थलमा प्रहरीको टोली खटिएको छ भने घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।














