KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नेपाल प्रहरीबाट १,१०० भन्दा बढी हतियार लुटपाट

नेपाल प्रहरीबाट १,१०० भन्दा बढी हतियार लुटपाट

काठमाडौँ, ३ असोज । जेनजी आन्दोलनका क्रममा ठूलो संख्यामा हतियार लुटपाट भएको खुलेको छ । भदौ २४ मा प्रदर्शन नियन्त्रण बाहिर गएपछि उच्छृङ्खल समूहहरूले देशभरका विभिन्न प्रहरी युनिटबाट हतियार लुटेका थिए ।

प्रहरी प्रधान कार्यालयले लुटिएका हतियारहरूको विवरण संकलनका लागि डीआईजी दीपक रेग्मीको नेतृत्वमा समिति गठन गरेको छ । रेग्मी अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी हुन् । प्रहरी महानिरीक्षक (आईजीपी)ले गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनअनुसार काठमाडौँ उपत्यका र बाहिरका युनिटहरूबाट करिब १,१०० थान हतियार हराएका छन् ।

अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार युनिट इन्चार्जहरूलाई निर्देशन दिने क्रममा उक्त तथ्यांक सार्वजनिक गरेका हुन् । प्रहरीका अनुसार लुटिएका हतियारमा एसएलआर, पेस्तोल, ग्याँस गन, .३३ राइफल, एसएमजी, हर्नेट, र .२२ म्याग्नम जस्ता हतियार समावेश छन्। जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहतका वृत्तहरूबाट समेत ठूलो मात्रामा हतियार लुटिएको छ।

 

प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार हराएका हतियारको सूची तयार गर्ने काम भइरहेको छ। उनका अनुसार हालसम्म लुटिएका १६० थान हतियार भेटिएका छन्। केही हतियार आगजनी हुँदा जलेको अवस्थामा पनि फेला परेका छन्।

 

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबाट लुटिएका केही हतियार नेपाली सेनाले बरामद गरी बुझाएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अहिलेसम्म देशभरबाट २६८ नाल हतियार बरामद गरिएको छ।

 

जेनजी आन्दोलनका क्रममा बानेश्वरबाट लुटिएको सशस्त्र प्रहरीको एउटा एसएलआर भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ब्रम्हायणीमा फेला परेको छ। हतियारमा “नम्बर–२० गण २९०” लेखिएको थियो। उक्त एसएलआर मीनभवनस्थित सशस्त्र प्रहरी बेसबाट लुटिएको पुष्टि सशस्त्रका अधिकृतहरूले गरेका छन्।

 

मीनभवनमा यातायात व्यवस्था विभागको परिसरमा रहेको सशस्त्र प्रहरी बेसमा करिब एक प्लाटुन तैनाथ थिए। त्यहाँबाट करिब २० थान एसएलआर र सटगन लुटिएको अनुमान गरिएको छ।

 

त्यस्तै, झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा खटिएको सशस्त्र प्रहरी बेसबाट समेत केही हतियार लुटिएको पाइएको छ। सशस्त्रका एक वरिष्ठ अधिकृतका अनुसार काठमाडौँको मीनभवन र झापाबाट मात्र करिब ४० थान हतियार लुटिएको थियो। तीमध्ये १५–२० थान विभिन्न स्थानबाट बरामद भइसकेका छन्।

 

सशस्त्र प्रहरी प्रधान कार्यालयले लुटिएका हतियारको अन्तिम तथ्यांक अझै सार्वजनिक गरेको छैन। आन्दोलनको क्रममा सशस्त्र प्रहरीका ५० भन्दा बढी सवारी साधनमा समेत आगजनी भएको थियो। नयाँ बानेश्वरस्थित संसद भवन, सिंहदरबार, रानीपोखरी र भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा पार्किङ गरिएका गाडीमा पनि आगजनी गरिएको थियो।

Facebook Comment


Related Posts

मधेश सरकारलाई झट्का, जनमत पार्टी बाहिरियो

मधेश सरकारलाई झट्का, जनमत पार्टी बाहिरियो

सरकारी जग्गामा बनेका संरचना हटाउन अन्तिम चेतावनी

सरकारी जग्गामा बनेका संरचना हटाउन अन्तिम चेतावनी

कांग्रेसले सातै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने

कांग्रेसले सातै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने

रोल्पा दुर्घटना : घटनास्थलमै १७ जनाको मृत्यु

झापामा कलेज बस दुर्घटनाले चार जना घाइते

१२ ट्रेड युनियनको दर्ता खारेज

१२ ट्रेड युनियनको दर्ता खारेज

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त

ताजा समाचार

मधेश सरकारलाई झट्का, जनमत पार्टी बाहिरियो

मधेश सरकारलाई झट्का, जनमत पार्टी बाहिरियो

सरकारी जग्गामा बनेका संरचना हटाउन अन्तिम चेतावनी

सरकारी जग्गामा बनेका संरचना हटाउन अन्तिम चेतावनी

कांग्रेसले सातै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने

कांग्रेसले सातै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने

रोल्पा दुर्घटना : घटनास्थलमै १७ जनाको मृत्यु

झापामा कलेज बस दुर्घटनाले चार जना घाइते

१२ ट्रेड युनियनको दर्ता खारेज

१२ ट्रेड युनियनको दर्ता खारेज

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar