काठमाडौं, २३ भदौ । जेनजीको प्रदर्शनका कारण काठमाडौंको नयाँबानेश्वर क्षेत्र अहिले तनावग्रस्तमा ५० जना भन्दा बढि घाइते भएको छ ।
नजिकै रहेको निजामती कर्मचारी(सिभिल) अस्पताल घाइतलाई पुगाएको छ । घाइते थपिनेक्रम जारी छ ।
अस्पतालले पूरा शक्ति लगाएर घाइतेको उपचार गरिरहेको छ । घाइते हुनेमध्ये अधिकांशलाई रबरको गोली लागेको चिकित्सकले बताए ।
प्रहरीले प्रदर्शनकारीमाथि प्रहार गरेको अश्रुग्यास अस्पताल हाताभित्र समेत खसेको छ । अश्रुग्यासको पिरो धुवाँ इमरर्जेन्सीभित्र समेत आइरहेको छ ।
घाइतेको उपचारमा कठिनाइ उत्पन्न भएको छ । अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीहरु त्रसित अवस्थामा छन् ।














