काठमाडौं, १७ भदौ । गोरखामा भूकम्प गएको छ । गोरखाको हंसपुर आसपास केन्द्रविन्दु भएर आज बिहान सवा ६ बजे भूकम्प गएको हो ।
भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले बताएको छ । भूकम्पले क्षति पु¥याएको जानकारी भने छैन ।














