काठमाडौं, १२ भदौ । कैलालीको खुटिया नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका चार जना किशोरको शव परेका छन्।
गोदावरी नगरपालिका–९ मा अवस्थित खुटिया नदीमा धनगढीका सात किशोर नुहाउन गएका थिए । दिउँसो करिब २ बजेतिर नदीमा डुब्दा उनीहरूमध्ये चार जना हराएको थियो ।
मृतकहरूमा १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ वर्षीय प्रतीक चौधरी रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहले जनाए ।
समूहमा रहेका अन्य तीन जनाको स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा सकुशल उद्धार गरेको छ ।














