काठमाडौं, ९ भदौ । विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएका छन् ।
आईसीपी रोडको भित्री सडकखण्डमा आइतबार साँझ सिटी सफारीसँग ठोक्किएर साइकल दुर्घटना हुँदा मोरङको जहदा गाउँपालिका–३ का ४१ वर्षीय रुपेश कुमार राजवंशीको मृत्यु भएका हुन् ।
साइकल अनियन्त्रित भई बिराटनगर–१–ह १२३४ नम्बरको सिटी सफारीको पछाडि ठोक्किएर दुर्घटना भएको प्रहरीले बताए ।
दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका राजवंशीलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो ।
अस्पताल पु¥याइएको केही समयमा चिकित्सकले उनलाई मृत घोषणा गरिएका थिए ।
सिटी सफारीका चालक २५ वर्षीय मोहम्मद जाहागिरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिए ।














