काठमाडौँ, २३ साउन । काठमाडौँमा स्कुटर दुर्घटना हुँदा महिलाको मृत्यु भएका छन् ।
प्रहरीले शुक्रबार दिएको जानकारीअनुसार काठमाडौँ महानगरपालिका–३१ स्थित सडकमा गएराति बा.५८ प ६०५१ नम्बरको स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
दुर्घटनामा परीको गम्भीर घाइते भएकी भक्तपुर चाँगुनारायण नगरपालिका–३ घर भएकी २९ वर्षीया ईसा गिरीको उपचारका क्रममा मृत्यु भएका छन् ।
उनको मृत्यु सिभिल अस्पतालमा बिहीबार राति भएको प्रहरीले बताए ।














