काठमाडौं, १८ साउन । रुपन्देहीको सियारी गाउँपालिका–७ भर्थापुरमा आइतवार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु एक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मायादेवी गाउँपालिका–७ गर्गटीका ६० वर्षीय राम मिलन धवलको उपचारका क्रममा मृत्यु भएको हो ।
उनी मोटरसाइकलमा पछाडि सवार थिए भएको थियो । दुर्घटनामा मोटरसाइकलका चालक तथा मृतकका छोरा ३० वर्षीय विनोद धवल गम्भीर घाइते भएका छन् ।
टाउको, हात र खुट्टामा चोट लागेका उनलाई उपचारका लागि भैरहवास्थित सिटी अस्पतालमा भर्ना भएको प्रहरीले बताएको छ ।
दुर्घटना मोटरसाइकल अनियन्त्रित भएर भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताए ।














