विराटनगर, २२ असार । झापा र उदयपुरको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
झापाको मेचीनगर नगरपालिका– १० स्थित भित्री सडक खण्डमा प्र १ –०१–००२ ह ७१०५ नम्बरको सिटी सफारी अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरीका अनुसार उक्त दुर्घटनामा मेचीनगर– ११ का ३२ वर्षीय राज कररिया मृत्यु भएको हो । यस्तै, मेचीनगर– १२ स्थित मेची हाइवेमा प्र १–०१–००२ ह ५५७१ नम्बरको अटो र मे ८ प ८०३ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक अर्जुनधारा– ११ का ३४ वर्षीय भीमबहादुर सार्कीको उपचारको क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको छ ।
अटो चालक बुद्धशान्ति– १ का ४० वर्षीय युवराज घिमिरेलाई इलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले नियन्त्रणमा लिएको हो ।














