विराटनगर, ९ जेठ । झापा र मोरङका विभिन्न स्थानबाट लागुऔषधसहित ५ जना पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको विराटनगर महानगरपालिका– १५ स्थितबाट मोरङको सुन्दर हरैँचा नगरपालिका– १० का समिन दर्जी र २२ वर्षीय निखिल रम्तेललाई बिहीबार पक्राउ गरेको हो ।
त्यसैगरी प्रहरी चौकी टाघनडुब्बा झापाबाट खटिएको प्रहरी टोलीले झापाको झापा गाउँपालिका– ४ का २२ वर्षीय अनुरोध ताजपुरिया र १९ वर्षीय कुबेरकुमार ताजपुरीयालाई ८ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाले झापाको मेचीनगर नगरपालिका– ६ स्थितबाट मेचीनगर नगरपालिका– ७ इँटाभट्टाका २५ वर्षीय घनश्याम माझीलाई ७ सय ६० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।














