सर्लाही, १ जेठ । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२, भेल्हीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
फूलजोर–त्रिभुवनगर सडकमा बीआर ३० डब्लु ३२५२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ५० वर्षीय रामप्रताप पण्डितको मृत्यु भएको हो ।
पण्डितको बिहीबार बिहान एलएस न्यूरो अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटनामा पैदलयात्री ब्रह्मपुरी २ कै ५६ वर्षीया झब्सी सहनी, मोटरसाइकल चालक भारतको सोनवर्षाका २२ वर्षीय वीरजन पटेल र पछाडि सवार सोनवर्षाकै ५४ वर्षीय हजारीप्रसाद रौनियार घाइते भएका छन् ।
घाइतेमध्ये मोटरसाइकल चालक पटेल र रौनियारको अवस्था चिन्ताजनक रहेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिएका छन ।