सिन्धुली, २५ बैशाख । सिन्धुलीको तिनपाटन गाउँपालिका–२ भिमस्थानमा विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना हुँदा १७ जना बालबालिका घाइते भएको छ ।
तिनपाटन गाउँपालिका –२ स्थित भिमस्थानस्थित गैरिशंकर बोडिङ्ग स्कुलको ना १ झ ६३०२ नम्बरको विद्यार्थी बोकेको भ्यान दुर्घटना हुदाँ १७ जना घाइते भएका हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक लालध्वज सुवेदीका अनुसार घाइतेमध्ये ६ जना विद्यार्थीको अवस्था मध्यम छ । भ्यानमा २५ जना सवार रहेका थिए भने भ्यान आफैँ अनियन्त्रित भइ दुर्घटना भएको हो । थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिएका छन ।














