काठमाडौँ, १९ वैशाख । परराष्ट्रमन्त्री आर्जु राणाले भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको निधनप्रति दुःख व्यक्त गरेकी छन् ।
परराष्ट्र मन्त्रालयले घटनालगत्तै हिजो नै भारत सरकार, उडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेकोसमेत उनले जनााएकी छन् ।
बिहीबार साँझ कम्युटर साइन्समा प्रथम वर्ष अध्ययनरत नेपाली विद्यार्थी साह मृत फेला परेकी हुन् । प्रिसा वीरगञ्जनिवासी हुन् । उनी होस्टलमा मृत फेला परेको र अहिले प्रहरीले छानबिन गरिरहेको त्यही अध्ययनरत अर्का एक नेपाली विद्यार्थीले बताएको थिए ।
उनी इन्टरनेसनल होस्टलमा बसिरहेकी थिइन् । गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् ।













