प्युठान,२९ जेठ । स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङतर्फ फर्कने क्रममा तीर्थयात्री सवार लु १ च ६३४५ नम्बरको निजी कार स्वर्गद्वारी नगरपालिका -४ भिङ्ग्रीकोटमा सडकबाट तल खस्दा ८ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर कारमा सवार ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी सुवास खड्काले जानकारी दिनुभएको छ।
मृत्यु हुनेहरुमा लमही नगरपालिका-५ का कार चालक ताराबहादुर कुमाल, लमही-७ बस्ने वर्ष ४० को गोविन्द शाह, उनकी श्रीमती वर्ष ३० की राधा नेपाली र छोरा वर्ष ९ को आदित्य शाह रहेको डीएसपी खड्काले जानकारी दिनुभएको छ ।
डीएसपी खड्का अनुसार तुल्सीपुर उपमहानगरपालिका-१५ बस्ने वर्ष ३५ की सरिता शर्मा पोख्रेल, उनका छोरा वर्ष १४ का विशाल पोख्रेल र वर्ष ९ का विकास पोख्रेलको पनि मृत्यु भएको छ ।
१ जना बालकको भने सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापाले जानकारी दिएका छन ।