जनकपुरधाम, १६ जेठ । महोत्तरीको औरही गाउँपालिका-२ औरही बजारमा रहेको एनएमबी बैंकमा हतियारधारी समूहले लुटपाट गरेको छ ।
पेस्तोलसहित आएका चारजना लुटेराले बैंकका कर्मचारीलाई त्रास देखाउँदै ३८ लाख रूपैया लुटेर भागे को महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी दीलिपकुमार गिरीले बताएको छ ।
डीएसपी गिरी भने, ‘लुटेराहरू पेस्तोल बोकेका थिए । मुख छोपेका लुटेराहरूको गतिविधि सीसी क्यामेरामा कैद भएको छ । हमी खोजी गरिरहेका छौं ।
लुटपाटपछि बैंक बन्द गरिएको छ ।