पर्सा, १० जेठ । जिल्ला प्रहरी कार्यालय पर्साको मुद्दा फाँटका एक जना वरिष्ठ सईसहित तीन जना प्रहरी निलम्बनमा परेका हो ।
चेक अनादर मुद्दामा घुस मागेको पाइएपछि मुद्दा फाँटका वरिष्ठ प्रहरी नायव निरीक्षक जयमोद ठाकुर, प्रहरी नायव निरीक्षक वसन्त भट्टराई र प्रहरी जवान महेश महतो निलम्बनमा परेको प्रहरी उपरीक्षक कोमल शाहका बताएका छन ।
प्रहरी स्रोतका अनुसार चेक अनादर मुद्दामा अदालतबाट जारी भइसकेको पक्राउ पुर्जी सम्बन्धित इलाका प्रहरी कार्यालयमा पठाउन मुद्दा फाँटका प्रहरीले निवेदकसँग १ लाख रुपैयाँ घुस मागेका थिए ।
पर्साको पोखरिया नगरपालिका ७ निवासी निवेदकले मुद्दा फाँटका प्रहरीले घुस माग गरेको जानकारी एसपी शाहलाई दिएका रहेको छ ।