जनकपुरधाम, २८ बैशाख । धनुषामा चुरोटको बिषय लिएर विवाद हुँदा एक युवकको मृत्यु भएको हो ।
बुधबार जनकपुरधाम उपमहानगरपालिका ७ बस्ने २४ वर्षीय मो. गुलाम मंसुर भन्ने रवानी मंसुरको छतबाट लडी घाइते भएका थिए । उपचारका लागि उनलाई प्रादेशिक अस्पताल जनकपुरमा ल्याउँदा मृृत्यु भएको थियो ।
यस घटनामा प्रहरीले मृतकका चारजना साथीलाई नियन्त्रणमा लिई बिहिबार दुईजनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा नगराईन नगरपालिका २ बस्ने २१ वर्षीय जितेन्द्र कुमार मण्डल, जनकपुरधाम ७ जानकीनगरका २० वर्षीय अनुज तिवारी, २५ वर्षीय जियाउल राईन, वडा नं ८ बस्ने ३१ वर्षीय राजकुमार साह रहेका छन् ।
धनुषाका प्रहरी उपरीक्षक विश्वराज खडकाका अनुसार मृतक र पक्राउ परेका व्यक्तिहरु मंगलबार धनुषाको जटही नाकाबाट लागूऔषध सेवन गरेर आएका थिए ।