जनकपुरधाम, २४ बैशाख । सर्लाहीमा दुई सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
जिल्लाको हरिपुर नगरपालिका–४ हरैयामा शनिबार राति भारतीय बीआर ३० ए २७२१ नम्बरको डिजे बोकेको गाडीले ठक्कर दिँदा चन्द्रनगर गाउँपालिका–१ मोहनपुरका २२ वर्षीय पप्पु बैठाको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका बैठाको प्रादेशिक अस्पताल मलंगवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि गाडी चालक सर्लाहीकै कविलासी नगरपालिका–७ गैरका नागेन्द्र कुशवाहा फरार रहेका छन ।
त्यसैगरी सर्लाहीकै हरिपुर्वा नगरपालिका–५ मा गएको बुधबार भारतीय बीआर ३० के ५२१२ नम्बरको मोटरसाइकलको ठक्करबाठ सख्त घाइते भएका वृद्धको उपचारका क्रममा शनिबार मृत्यु भएको छ ।