विराटनगर,२३ वैशाख । प्रहरीले ३५ तोला सुन र ६ किलो चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ । शुक्रबार विराटनगरबाट भारततर्फ जाँदै गरेको भ्यान चेक जाँच गर्दा प्रहरीले ५३ तोला सुन र ६ किलो चाँदी बरामद गरेको छ ।
पक्राउ परेकाहरुको बाट सात लाख ९५ हजार २ सय रुपैयाँ भारतीय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिनाएको छ ।
कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कँडेलका अनुसार विराटनगर महानगरपालिका– १५ बाट विराटनगर– २ का ५२ वर्षीय बिमल कामत, भारत बिहार कटीहारका ६१ बर्षीय विनोदकुमार मुरारका र ५६ वर्षीया पुष्पा मुरारका पक्राउ परेका छन् ।
विराटनगर–२ का कामत भ्यान चालक हुन् । विनोद र पुष्पा श्रीमान श्रीमती हुन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको ¥यापिड इन्भेष्टिकेटिभ टिम (रिट)को टोलीले भारततर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको भ्यान चेकजाँच गर्ने क्रममा सिटमुनि लुकाएको अवस्थामा सुन र चाँदी बरामद गरेको छ ।
बरामद सुन चाँदीका गरगहना, नगदको मूल्य करिब ९० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।