जनकपुरधाम, १७ बैशाख । धनुषाको हंसपुर नगरपालिकाकी उपमेयर दुर्गा देवी मण्डल चढ्ने गाडीले १४ महिने उनको आफ्नै नातिनीको किचिएर मृत्यु भएको छ ।
हंसपुर नगरपालिका वडा नम्बर ९ रुदौली बस्ने रवीन्द्र मण्डलको १४ महिने छोरी लक्ष्मीनिया कुमारी मण्डलको उपमेयर मण्डल चढेको बा १६ च ९२६ नम्बरको सुमोले किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभएको छ ।
आइतबार गाडी चालक शहिदनगर नगरपालिका–४ बस्ने ३० वर्षीय दीपेन्द्रकुमार रायसहित गाडी नियन्त्रण लिएको धनुषा प्रहरीले जनाएको छ ।