जनकपुरधाम, २४ चैत । महोत्तरीको जलेश्वर कारागारका एक जना कैदी बन्दी फरार भएका छन् ।
कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका महोत्तरीको लोहारपट्टी नगरपालिका–९ का कृष्ण यादव फरार भएको जिल्ला प्रहरी कार्यालायका महोत्तरीका एसपी प्रकाश मल्लले बताएका छन ।
यादव जनकपुरधामको डा. मनोज गुप्ताको क्लिनिकमा उपचार गराउन शुक्रबार दिउँसो आएको बेला फरार भएका हुन् ।