KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जातीय विभेद तथा छुवाछूत अनुगमन समिति बनाउन सबै तहलाई परिपत्र

जातीय विभेद तथा छुवाछूत अनुगमन समिति बनाउन सबै तहलाई परिपत्र

रौतहट,९ चैत । मधेस प्रदेशको दलित विकास समितिका सदस्य राजकुमार दास तत्माले दलित सशक्तीकरण ऐनले व्यवस्था गरेअनुसारको जातीय विभेद तथा छुवाछूत अनुगमन समिति बनाउन सबै स्थानीय तहलाई परिपत्र गरिएको जानकारी दिए ।

उनले ऐन बनेको ३ वर्ष भइसके पनि यस्तो समिति गठन नभएकाले परिपत्र पठाउनुपरेको जानकारी दिएका थिए । दलित समुदायको हक अधिकार स्थापित गर्ने कार्यमा हरदम लाग्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने– यसका लागि सबै दलित अधिकारकर्मी तथा दलित अगुवाहरू एकजुट हुन आवश्यक छ ।

रौतहटका विभिन्न पालिकामा आबद्ध कार्यपालिका सदस्यहरूलाई दलित सशक्तीकरण ऐन २०७६ मा भएका व्यवस्था अवगत गराउने, यो ऐन कार्यान्वयनका लागि निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गर्ने र कार्यपालिका सदस्यहरूको जिल्लास्तरीय सञ्जाल गठन गर्न आयोजित कार्यक्रममा तत्माले यस्तो जानकारी दिएका हुन् ।

दलित सरोकार मञ्च सप्तरीद्वारा आयोजित उक्त कार्यक्रममा वृन्दावन नगरपालिकाकी उपमेयर सङ्गीताकुमारी रामले दलित समुदायका व्यक्तिहरू एकजुट भएर अघि नबढेमा अधिकार प्राप्त गर्न अप्ठेरो हुने बताइन् । आफैँले दलित महिला भएबापत नगरपालिकामा भोगिरहेका विविधखाले समस्या उल्लेख गर्दै उनले थपिन्– हाम्रो शक्ति नै एकता हो ।त्यसैले एकबद्ध भएर अघि बढेमा मात्र कसैले हेप्न सक्दैन । उक्त कार्यक्रममा आयोजक संस्था दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवानले दलित सशक्तीकरण ऐन २०७६ मा भएका प्रावधानहरू उल्लेख गर्दै तिनको कार्यान्वयनका लागि कार्यपालिका सदस्यहरूले निर्वाह गर्नुपर्ने भूमिकाबारे बताएका थिए ।

मधेस प्रदेश सरकारद्वारा जारी यो ऐनमा जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्ने र दलित समुदायको शैक्षिक, सामाजिक, राजनीतिक, नागरिक, सांस्कृतिक अधिकार प्रबद्र्धन तथा दलित समुदायको सशक्तीकरण गर्ने कानुनी व्यवस्थाहरू समावेश छ ।

त्यसैगरी दलित अधिकारका लागि प्रदेश र पालिका स्तरमा शक्तिशाली समिति, प्रदेश प्रहरीअन्तर्गत जातीय छुवाछूत तथा भेदभाव हेर्न दलितकै नेतृत्वमा छुट्टै सेल बनाउने व्यवस्था गर्ने, मधेस प्रदेशका दलितको समग्र विकास र सशक्तीकरणका लागि दलित विकास समिति गठन गर्ने व्यवस्थासमेत छ ।

यसैगरी जातीय छुवाछूतसम्बन्धी घटनाहरूको अध्ययन, अनुगमन तथा जातीय विभेदविरुद्धको कानुन कार्यान्वयन, रेखदेख, नियन्त्रण र सुपरीवेक्षण गर्न प्रदेश स्तरमा जातीय विभेद तथा छुवाछूत अनुगमन समिति रहने व्यवस्था पनि यो ऐनमा उल्लेख छ । कार्यकारी निर्देशक पासवानले ऐन बनेको ३ वर्ष बितिसके पनि यो पूर्णरूपमा कार्यान्वयनमा नआएकाले अब सरोकारवालाहरू जुर्मुराउनुपर्ने बताएका थिए ।

उक्त कार्यक्रममा पत्रकार रघुनाथ लामिछानेले स्थानीय तह तथा प्रतिनिधि सभा र प्रदेश सभामा दलित समुदायको उपस्थितिबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनले दलित समुदायले अधिकार पाउनका लागि कानुन खासै बाधक नभएको तर समस्या कार्यान्वयनमा भएको दाबी गरे । दलितको जनसङ्ख्याअनुसारको प्रतिनिधित्व सुनिश्चित गर्ने र दलित समुदायभित्र पनि जातजाति, लिङ्ग आदिमा समावेशिता मिलाएर जानुपर्ने उनको भनाइ थियो । कार्यक्रमका अवसरमा रौतहटका दलित कार्यपालिका सदस्यहरूको जिल्लास्तरीय सञ्जाल गठन गरिएको थियो । जसमा अध्यक्ष राजेश पासवान (वृन्दावन), उपाध्यक्ष पुनमदेवी राम (गरुडा), कोषाध्यक्ष रञ्जित पासवान (गौर), सचिव रामआधार राम (गढीमाई), सहसचिवमा कालीमाया बिक (गुजरा) र गीतादेवी बैठा (यमुनामाई) चुनिएका छन् ।

जिल्लाभरका दलित कार्यपालिका सदस्य उक्त समितिमा स्वतः सदस्य रहने व्यवस्था रहेको आयोजक संस्था दलित सरोकार मञ्चका कार्यक्रम संयोजक सुशीन्द्र पासवानले बताए । निर्वाचित अध्यक्ष राजेश पासवानले अब आफू र आफ्नो समूहले दलित सशक्तीकरण ऐनले व्यवस्था गरेको सबै पालिकामा गठन गर्नुपर्ने जातीय छुवाछूतसम्बन्धी अनुगमन समिति तत्काल गठन गर्न पहल थालिहाल्ने प्रतिबद्धता जनाए ।

उनको भनाइ थियो– हामीले जति ढिलो ग¥यौँ त्यति आफूलाई नै बेफाइदा हुने भएकाले पनि यसमा ढिलाइ गर्ने छूट हामीलाई छैन । कार्यक्रममा दलित विकास समितिका सदस्य राजकुमार दास तत्मा र वृन्दावन नगरपालिकाकी उपमेयर सङ्गीताकुमारी रामसँग दलित अधिकारबारे भए÷गरेका कामकारबाहीबारे अन्तरक्रियासमेत गरिएको थियो ।

त्यस क्रममा कार्यक्रममा उपस्थित कार्यपालिका सदस्यहरूले उनीहरूसँग विभिन्न जिज्ञासासमेत राखेका थिए । कार्यक्रममा रौतहटका विभिन्न पालिकाबाट आएका कार्यपालिका सदस्यहरूले पनि धारणा राखेका थिए ।

चन्द्रनिगाहपुरस्थित एएन प्लाजा होटलमा आयोजित कार्यक्रममा ६५ जनाको सहभागिता थियो ।

Facebook Comment


Related Posts

जीप दुर्घटनामा २ जनाको मृत्यु, एक जना चालक घाइते

जीप दुर्घटनामा २ जनाको मृत्यु, एक जना चालक घाइते

सिन्धुपाल्चोकमा पहिरोले पूर्णरुपमा बाटो बन्द

सिन्धुपाल्चोकमा पहिरोले पूर्णरुपमा बाटो बन्द

बर्दिबासबाट वेश्यावृत्ति गरेको आरोपमा सातजना पक्राउ

बर्दिबासबाट वेश्यावृत्ति गरेको आरोपमा सातजना पक्राउ

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अदालतको आदेश

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अदालतको आदेश

इजरायलमा रहेका नेपालीहरू सुरक्षित स् परराष्ट्रमन्त्री राणा

इजरायलमा रहेका नेपालीहरू सुरक्षित स् परराष्ट्रमन्त्री राणा

सम्पर्कविहीन बनेका डाक्टर रिसोर्टमा भेटिए

सम्पर्कविहीन बनेका डाक्टर रिसोर्टमा भेटिए

ताजा समाचार

जीप दुर्घटनामा २ जनाको मृत्यु, एक जना चालक घाइते

जीप दुर्घटनामा २ जनाको मृत्यु, एक जना चालक घाइते

सिन्धुपाल्चोकमा पहिरोले पूर्णरुपमा बाटो बन्द

सिन्धुपाल्चोकमा पहिरोले पूर्णरुपमा बाटो बन्द

बर्दिबासबाट वेश्यावृत्ति गरेको आरोपमा सातजना पक्राउ

बर्दिबासबाट वेश्यावृत्ति गरेको आरोपमा सातजना पक्राउ

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अदालतको आदेश

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अदालतको आदेश

इजरायलमा रहेका नेपालीहरू सुरक्षित स् परराष्ट्रमन्त्री राणा

इजरायलमा रहेका नेपालीहरू सुरक्षित स् परराष्ट्रमन्त्री राणा

सम्पर्कविहीन बनेका डाक्टर रिसोर्टमा भेटिए

सम्पर्कविहीन बनेका डाक्टर रिसोर्टमा भेटिए

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar