महोत्तरी, २ चैत । मधेश प्रदेश महोत्तरीको सम्सी नाकामा भारतीय एसएसबी जवानले एक नेपाली युवकलाई कुटपिट गरेका हो ।
सम्सी गाउँपालिका ७ का स्थानीय सन्तोष कुमार साहलाई बुधबार अपराहन्न साढे ५ बजे एसएसबी जवानले कुटपिट गरेका छन् । नेपलबाट बोर्डर भएर घर फर्किदै गर्दा उनलाई कुटपिट गरेपछि स्थानीयले सम्सी नाकामा प्रदर्शन गरेका थिए ।
घर फर्किने क्रममा साहलाई नागरिकता देखाउन एसएसबी जवानले भने पछि साहले छैन भनेपछि सन्तोषलाई कुटपिट गरेको स्थानीयहरुले बताउछन ।
एसएसबी जवानले पटक पटक कुटपिट तथा गालीगलौज घटना गर्ने गरेको स्थानीयहरुले बताएका छन । प्रदर्शन सशस्त्र प्रहरी गणले यो विषयमा दुबै पक्ष बसेर छलफल गर्ने बताएपछि प्रदर्शनकारीले प्रदर्शन रोकेका थिए ।