जनकपुरधाम, २० फागुन । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका रमदैयाको हाईवेमा रहेको माँ राजदेवी मन्दिरमा चोरी गरेका पाँचजनामा अधिकान्स मुस्लिम युवाहरु हथियार सहित प्रहरीले पक्राउ गरेका छन ।
गएको १४ गते राति १२ बजेर १० मिनेटमा मन्दिरको ताला तोडी मन्दिरबाट चाँदीको मुर्ती सहितको गरगहनाहरु चोरी गर्ने चोरहरु पक्राउ परेका हुन् ।
त्यस घटनामा संलग्न रहेको धनुषा प्रहरीले धनुषा क्षिरेश्वर न.पा. वडा नं. ४ बस्ने बर्ष ३० को सरिफ मुसलमान, वडा नं. ५ महेन्द्रनगर बस्ने बर्ष ३७ को रजाक मोहमद, धनुषाकै विदेह न.पा. वडा नं. ४ सुन्दरपुर बस्ने बर्ष २१ को मोहमद हबगुल्ला साह, कमला न.पा. वडा नं. ७ हथमुन्डा बस्ने बर्ष २२ को रमेश कुमार महतो र विदेह न.पा. वडा नं. ४ बस्ने बर्ष २२ को नर्मुदिन साहलाई पक्राउ गरि र्सावजानिक गरेको छ ।
सुरुमा पक्राउ परेका मुसलमानलाई नियन्त्रणमा लिई तत्काल निजको सूचनाका आधारमा पूर्ण योजनावद्ध तवरले भारत तर्फ फरार हुन लागेको अवस्थामा धनुषा जनकनन्दनी गा.पा. वडा नं. ३ महुवा स्थित भारतीय सिमा नजिक रेल्वे ट्रयाकको बाटो हुँदै भारत तर्फ जाँदै गरेको अवस्थामा मन्दिरबाट चोरी भएका सामानहरु सहित नियन्त्रणमा लिइएको थियो ।














