जनकपुरधाम, १५ फागुन । धनुषा प्रहरीको भ्यानबाट हाम फालेर बलात्कार मुद्दाका एक जना अभियुक्त फरार भएका छन् ।
बलात्कारको मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका वडा नम्बर–१३ किरतपुर बस्ने २८ वर्षीय राजाबाबु मुखिया आइतबार साँझ साढे ७ बजे प्रहरीको गाडीबाट हाम फालेर फरार भएका छन् ।
मुखियालाई आइतबार धनुषा जिल्ला अदालतबाट ७ दिन म्याद थप गराई ईलाका प्रहरी कार्यालय सबैला लगिरहँदा प्रहरीकै गाडीबाट यदुकुहास्थित कमला नहरमा हाम फालेर फरार भएका हुन ।
फरार मुखियाको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यता केहि दिन अघि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्ष फोडेर ६ जना थुनुवा फरार भएका थिए भने ती मध्ये दुईजना अझै पक्राउ पर्न नसकेका छ ।