केपी रिपोर्टर,निभा झा
जनकपुरधाम १६ माघ । महेन्द्रनगरको ईलाका प्रहरी कार्यालयबाट फरार भएका ६ जना थुनुवाहरु मध्ये एक जना पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामबाट खटिएको संयुक्त प्रहरी टोलीले व्यापकरुपमा सर्च खोज तलास गर्दे जाने क्रममा फरार थुनुवाहरूमध्ये हातहतियार खरखजाना मुद्दा शिर्षकको थुनुवा मिथिला न.पा. वडा नं. ६ बस्ने वर्ष २८ को रोशन महतोलाई सोमवार साझ ६ बजेको समयमा पक्राउ गरेको छ ।
बाकी ५ जनाको खोज तलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।