जनकपुरधाम १५ माघ । मित्र राष्ट्र भारत उतर प्रदेशको अयोध्या लगिने देव शीला जनकपुरधाम ल्याइएको छ । अयोध्यामा निर्माणाधीन रामको मन्दिरमा स्थापित गरिने प्रतीमाका लागि नेपालको श्री कृष्णा गण्डकी तटबाट विधिपूर्वक शिला अयोध्या लैजान जनकपुरधाम ल्याइएको छ । देव शिला जानकी मन्दिर प्राङ्गणमा विशेष पूजा अर्चनाको गरेको छ । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल, एमाले नेतृ तथा संघीय सांसद जुली महतो,काग्रेश नेता बिमलेन्द्र निधिलगायतले पूजा अर्चना गरेका हुन् ।
दर्शनको लागि जानकी मन्दिर प्राङ्गणमा भक्तजनको भीड लागेको । पूजाअर्चना गरि देव शिलालाई जनकपुरधामबाट अयोध्या लगिने जानकी मन्दिरका महन्थले जनाएको छ ।