बिराटनगर ०२माघ-आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाउने मृतकको चिरशान्तिको कामना गर्दै बिराटनगर स्थित महेन्द्र चोकमा दीप प्रज्वलन कार्यक्रम गरेको छ ।
महेन्द्र चौकमा नेपाल वैश्य सेवा संघ मोरङ्ग,नेपाल सोनार समाज मोरङ्ग,बृहत मधेसी नागरिक मंच ,बलभद्र सेवा समिति,लायन्स क्लब परिवारले मृतआत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका थियौं। आइतबार माध १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । जहाजमा ७२ जना सवार थिए । अज्ञात ४ जना यात्रुको खोजी तथा उद्धार आज पनि जारी छ । उक्त दिप प्रजलन कार्यक्रममानेपाल भारतसामाजिक सांस्कृतिक मंच का अध्यक्ष राजेश कुमार शर्मा,बृहत मधेसी नागरिक समाज का अध्यक्ष सूर्यनाथ सिंह, नेपाल सोनार समाजका अध्यक्ष महेश कुमार साह र पदाधिकारीहरु,
नेपाल वैश्य सेवा संघ मोरङ्ग अध्यक्ष गणेश कुमार साह,अभिषेक भगत,सल्लाहकार राजेश भगत ,,तथा आमजन समुदाय ,लायन्स क्लबका फुलकुमार लालवानी , नेपाल भारत रेल यात्री सहजीकरण समिति का उपाध्यक्ष पवन साह,कोषाध्यक्ष किरण राय अमात,मो.कादीर अलि लगायत सयौं युवा,बुद्धिजीवी ,पत्रकार ,जनसमुदायहरुको सहभागिता रहेको थियो।