पर्सा ५ माघ । पर्सा राष्ट्रिय निकुञ्ज गस्ती टोलीले निकुञ्जको कोर क्षेत्रबाट वन्यजन्तु चोरी सिकारी गरिरहेको अवस्थामा ५ जना सिकारीसहित बन्दोबस्तीका सामान नियन्त्रण लिएको छ । वन्यजन्तु चोरी शिकारीको आरोपमा काभ्रेपलाञ्चोक जिल्ला साविक नासिका गाविस घर भएका अन्दाजी ५७ वर्षका दामोदर अधिकारी, बारा जिल्ला साविक प्रसौना गाविस अकुनिया गाँउका ४६ वर्षीय विशाल सहनी, बारा प्रसौनी १ का ३७ वर्षीय कापसदास थारु,बारा सखुवा प्रसौनीका ४४ वर्षीय नवराज बस्नेत, र खिटावल गाविस ८ टावलका ५२ वर्षीय मालदोङ तमाङ पक्राउ परेको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जको पर्सा क्षेत्रको गरुणा लाइन नजिकैबाट ५ जना वन्यजन्तु चोरी सिकारी, २ लाख ९० हजार ६७० नगद रकम ल्याण्डक्रुजर र बरेलो गाडी, मृत पोथी जरायो, भाले जरायोको सिंङ, १२ बोरको बन्दुक १ थान, १२ बोरको राउन्ड १ वटा, हतियार राख्ने झोला २ वटा, हतियारको अन्य डकुमेन्ट, नाइट भिजन क्यामरा, टेलिस्कोप, रबरको टेलिस्कोप, ब्याट्री कर्पाटमेन्ट, टर्च लाईट, मावाईल (आईफोन) ३ थान, मदिरा र अन्य कागजपत्रहरु नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ ।