जनकपुरधाम २६ मंसिर । घरमै सुतिरहेको अवस्थामा एक महिलाको हत्या भएको छ । धनुषा जिल्लाको बटेश्वर गाउँपालिका–५ शान्तिपुरकी २७ वर्षीया रितादेवी यादवको हत्या भएको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिनुभएको छ । आईतवार राति धारिलो हतियार प्रहार गरी रितादेवीको हत्या गरेको आशंकामा उनका श्रीमान् वीरेन्द्र यादवलाई नियन्त्रणमा लिएको डिएसपी क्षेत्रीले जानकारी दिएका छन । गम्भीर घाइते भएकी रितादेवीलाई वीरन्द्रले उपचारका लागि अस्पताल पुर्याएका थिए । अस्पताल पुग्नुअघि नै उनको मृत्यु भइसकेको अस्पताललाई उदृत गर्दै प्रहरीले जनाएको छ.