KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रभावकारी बन्दै सेनाको सर्पदंश उपचार केन्द्र

प्रभावकारी बन्दै सेनाको सर्पदंश उपचार केन्द्र

परासी : नेपाली सेनाले सञ्चालन गरेको सामुदायीक सर्पदंश उपचार केन्द्र प्रभावकारी बन्दै गएको छ। पूर्वी नवलपरासीको विनयी-त्रिवेणी गाउँपालिका-६ त्रिवेणीस्थित नेपाली सेनाको सर्पदंश केन्द्रमा नवलपरासीसहित भारतसम्मका सर्पले टोकेका बिरामीहरु उपचारका लागि पुग्ने गरेका छन्।

नवलपरासीकै पहिलो सर्पदंश उपचार केन्द्रले २०६८ सालदेखि सेवा दिन सुरु गरेको हो। अहिले त्यहाँ नेपाली सेनाको गोरखदल गण परासी अन्तर्गतको गुल्म छ। त्रिवेणी भारतको बिहार प्रदेशसँग जोडिएको छ।

भारतमा सर्पदंशको राम्रो उपचार हुने नभएपछि सर्पले टोकेका बिरामीहरु त्यहाँ गएर उपचार गराउने गरेका हुन्। केन्द्रमा राम्रो उपचार हुने भएपछि विषालु सर्पले टोकेका जिल्लासहित भारतका बिरामीहरुसमेत त्यहाँ गएर उपचार गराउने गरेका छन्।

६ शय्याको केन्द्रमा नसिंङ्ग अध्ययन गरी सर्पदंशको तालिम प्राप्त गरेका दुई जना सेनाका स्वास्थ्यकर्मीहरुले सेवा दिँदै आएको गोरखदल गण परासीका प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले बताए।

केन्द्रमा आवश्यक पर्ने औषधी (एन्टीस्नेक भेनम) स्थानीय हेल्थ पोष्टबाट उपलब्ध हुने गरेको छ। केन्द्र सञ्चालनका लागि नेपाली बिरामी नागरिकसँग बाट ५ सय र भारतीयसँग १ हजारका दरले सेवा शुःल्क लिने गरिएको छ।

सोही रकमबाट समुदायबाट गठित समितिले आवश्यक पर्ने अन्य औषधिलगायतका स्वास्थ्य सामाग्री खरिद गर्ने गरिएको गणले जनाएको छ। औषधि र अन्य सबै सेवा निःशुल्क हो।

त्रिवेणी क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको घना जंगल भएको क्षेत्र हो। घना जंगल भएकाले यहाँ विषालु सर्पको बिगबिगी छ। केही विषालु सर्पलाई सेनाले गोलीसमेत हानेर मारेको छ। त्यसरी गोली नै हानेर मार्नुपर्ने सर्पमा ‘किङ कोभ्रा’ नामको रहेको सेनाले जनाएको छ। यो सर्प ठूलो र तेज बेगमा हिँड्ने गर्छ।

त्यहाँ आउने बिरामीहरु करेत, धामन, गोमनललगाएतका विषालुसर्पले डसेर आउने गरेका छन्। सर्पले डसेर आउनेमा महिलाको संख्या बढी छ। घाँस दाउरा र वस्तुभाउ हेर्न महिलाहरु बढी जाने भएकाले उनीहरुको संख्या बढी भएको अनुमान गणको छ।

केही बिरामीहरुले आफूलाई टोकेको सर्प नै मारेर केन्द्रमा ल्याउने गरेका छन्। यसले विषालु सर्पको पहिचानसँगै उपचारमा सहज हुने स्वास्थ्यकर्मीहरुले बताएका छन्।

तत्काल उपचार गराउन सदरमुकाम परासी र बुटवल जाँदा समयका कारण अकालमा ज्यान गुमाउनुपर्ने स्थानीयको बाध्यतालाई यो उपचार केन्द्रले सहयोग पुर्‍याएको छ। केन्द्रमा आउने अधिकांश बिरामीहरु निको भएर जाने गरेको गणले जनाएको छ।

गणको तथ्यांकअनुसार २०७८ बैशाख देखि २०७९ साउन १७ गते सम्मको १६ महिनाको अवधिमा कूल ५ सय ५३ जनाले उपचार सेवा लिएको प्रमुख सेनानी श्रेष्ठले जानकारी दिए। जसमा १ सय १७ जना भारतीय नागरिक छन्।

यो अवधिमा २ जनाको गम्भीर अवस्थामा आएका कारण मृत्यु भएको छ। भने ११ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रेफर गरिएको छ। अन्य निको भएर फर्केको प्रमुख सेनानी श्रेष्ठले बताए।

स्थापना भएको ११ वर्षको अवधिमा केन्द्रबाट ५ हजार ४६ जनाले उपचार सेवा लिएका छन्। जसमा ९ सय ८० जना भारतीय नागरिकले सेवा लिएका छन्। यो अवधिमा १३ जनाको मृत्यु भएको गणले जनाएको छ। सबैभन्दा बढी जेठदेखि साउन महिनासम्म सर्पले टोकेर बिरामीहरु आउने गरेको गणको तथ्यांकमा उल्लेख छ।

Facebook Comment

Related Posts

हिमाली जिल्लामा निर्वाचन चुनौतीबारे प्रधानमन्त्री कार्कीको चासो

हिमाली जिल्लामा निर्वाचन चुनौतीबारे प्रधानमन्त्री कार्कीको चासो

जसपाको घोषणापत्र सार्वजनिक, ५ वर्षमा ५० लाख रोजगारीको लक्ष्य

जसपाको घोषणापत्र सार्वजनिक, ५ वर्षमा ५० लाख रोजगारीको लक्ष्य

निषेधाज्ञाबीच विमानस्थलमा पूर्वराजाको स्वागत

निषेधाज्ञाबीच विमानस्थलमा पूर्वराजाको स्वागत

धनुषा क्षेत्र-४ मा कांग्रेसको प्रभाव बढ्दो, जनसमर्थन विस्तार

धनुषा क्षेत्र-४ मा कांग्रेसको प्रभाव बढ्दो, जनसमर्थन विस्तार

समर्थकको भीडबीच पूर्वराजा शाह काठमाडौँ आइपुग्दै

समर्थकको भीडबीच पूर्वराजा शाह काठमाडौँ आइपुग्दै

दुर्गमदेखि विश्वसम्म जोड्ने माध्यम : आज विश्व रेडियो दिवस

दुर्गमदेखि विश्वसम्म जोड्ने माध्यम : आज विश्व रेडियो दिवस

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar